काठमाडौंका करिब तीन दर्जन संघसंस्थाले आफ्नो शौचालय प्रयोग गर्न दिने

७ असार ०७९, काठमाडौं । विभिन्न व्यापार व्यवसाय गरिरहेका काठमाडौं महानगर भित्रका करिब तीन दर्जन संघसंस्थाले आफ्नो शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिने सहमति गरेका छ्न् ।

महानगरपालिकाका मेयर बालेन साह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा ती संस्थाका प्रतिनिधिहरुले ५ वर्षका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

महानगरले बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका संस्थाका प्रतिनिधिहरुसँग सम्झौता गरेको हो ।

  •  
  •  
  •  
  •  
  •