वामदेव गौतमले बोलाए आफ्नो समूहको भेला

६ असार ०७९, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो समूहको भेला बोलाएएका छन् ।

उनले असार ११ गते ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा भेला बोलाइएका हुन् ।

गौतमका स्वकीय सचिव दीपक टमाटाले दिएको जानकारीअनुसार कम्युनिष्ट पार्टीको एकताका निम्ति राष्ट्रिय भेला बोलाइएको हो ।

माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले आफ्नै नेतृत्वमा एकता अभियान घोषणा बनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •