ओली प्रवृत्ति रहेसम्म बाम गठबन्धन सम्भावना छैन – वर्षमान पुन

११ असार ०७९, सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका छन् ।

नेता पुनले शनिबार सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिँदै आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग गठबन्धन नहुने बताएका हुन् ।

‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन’ उनले भने ।

  •  
  •  
  •  
  •  
  •