त्रिविलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन प्रधानमन्त्रीको जोड

२४ असार ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्विद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा शुक्रबार त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आयोजित वार्षिक र साधारण सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेको उनले यस्तो बताएका हुन् ।

गुणस्तरीय जनशक्ति उत्पादन गर्न उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्राज्ञिक कार्यक्रम ल्याउन समेत आग्रह गरेका छन् ।

उनले उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई रुचि र बजारको मागअनुसार आफ्नै देशमा शिक्षा प्राप्त गर्ने वातावरण बनाउन समेत जोड दिए ।

  •  
  •  
  •  
  •  
  •