नेपालले माल्दिभ्सलाई ४-० ले हरायो : यू-२० साफ च्याम्पियनसिपमा जितको राम्रो सुरुवात

काठमाडौं । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले माल्दिभ्सलाई ४–० ले हराउँदै यू–२० साफ च्याम्पियनसिपमा जितको सुरुवात गरेको छ ।

आजको खेलमा नेपालले ४२औँ मिनेटमा दीपेश गुरुङले गरेको गोलबाट अग्रता दिलाएको थियो ।

५८औँ मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर बनाए भने ६१औँ मिनेटमा कृतिशरत्न छुन्जुले तेस्रो गोल थपे ।

यस्तै इन्जुरी समयमा कृतिशरत्नको स्थानमा ८३औँ मिनेटमा मैदान छिरेका मनग्यले रिबाउन्डमा प्राप्त बललाई गोल बदलेपछि नेपाली युवा टोलीले माल्दिभ्सलाई ४–० ले पराजित गर्न सफल भएको थियो ।

  •  
  •  
  •  
  •  
  •