नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसीलाई नियुक्त गरेको छ ।

स्रोतकाअनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १० जनाको सूचीबाट नायक केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि १० जनाको सूचीमा नायक केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम छनौट गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •