अमेरिकी सहायक विदेश मन्त्री आज काठमाडौं आउँदै

१२ साउन ०७९, काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज काठमाडौं आइपुग्ने भएका छन् ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सन्दर्भमा नेपालको मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने पत्र पठाउने निर्णय गरेसँगै नेपालमा यसबारे बहस भइरहेका बेला लु काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले लुको काठमाडौं भ्रमणबारे औपचारिक जानकारी दिएका छैनन् ।

एमसीसी पारित हुनुपूर्व ‘लु’ गत मंसिरमा नेपाल आएका थिए । उनी फर्केको केही समयपछि नेपालको संसदबाट एमसीसी ब्याख्यात्मक घोषणासहित पास भएको थियो ।

  •  
  •  
  •  
  •  
  •