एसपीपीबारे डिबेट हुन थालेपछि करका दर हेरफेरको प्रचार गरियो – प्रचण्ड

१३ साउन ०७९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष ०७९/८०को बजेटको राम्रो प्रचार हुन थालेपछि अर्थमन्त्रीलाई कारवाहीको प्रचार गरिएको बताएका छन् ।

करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर अर्थमन्त्री जनार्दन शर्माको नकारात्मक प्रचार गरिएको दाबी गर्दै उनले शुक्रबार प्रेस सेन्टरको कार्यक्रममा यस्तो बताएका हुन् ।

‘यो बजेट राम्रो छ भन्ने हुँदै थियो सबैतिर, सबैले त्यसलाई स्वागत गर्दै थिए,’ प्रचण्डले भने, ‘राती १२ बजे अनधिकृत मान्छेलाई ल्यायो, करका दरमा हेरफेर ग¥यो । अर्थमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर यतिधेरै प्रचार गरियो ।’

उनले संसदीय छानबिनका लागि १० दिनको टाइम दिइएको र पछि ७ दिन थपिएको तर शुक्रबार छानबिन समितिले प्रतिवेदन बुझाउँदासम्म अर्थमन्त्री निर्दोष रहेको पुष्टि भएको बताए ।

एसपीपीमा एमालेको संलग्नता रहेको तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले सोको प्रमाण सार्वजनिक भएपछि अर्थमन्त्रीको कुरा चर्को गरि उठाएको दाबी गर्दै भने, ‘एसपीपीबारे डिबेट उठेपछि केही मान्छेहरुको टाउको दुख्यो । बदनाम हुने भइयो, बडो राष्ट्रवादी छवि भनेर जनतालाई भ्रम दिएकाहरु एकपछि अर्को राष्ट्रघात पो गरेका रहेछन भन्ने प्रमाण प्रस्तुत भएपछि विक्षिप्त भए ।’

  •  
  •  
  •  
  •  
  •