गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छी बीच भेटवार्ता

२० साउन ०७९, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र गृहमन्त्री बालकृष्ण खाण बीच भेटवार्ता भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा राजदूत यान्छी र गृहमन्त्री खाँणबीच दुई देश बीच आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको हो ।

उक्त भेटमा नेपाल एक चीन नीतिको पक्षमा रहको बताउँदै गृहमन्त्री खाणले भने, ‘नेपाल एक चीन नीतिको पक्षमा छ । नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’

यस्तै राजदूत यान्छीले नेपालमा हुने विपद् व्यवस्थापनमा सहयोग गर्न चीन तयार रहेको बताइन् ।

  •  
  •  
  •  
  •  
  •