१९ साउन ०७९, काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेर नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी संलग्न रहेको पाइएको छ ।
चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने समूहमा प्रहरीले पक्राउ गरेको ६ जना मध्ये दुई जना प्रहरी रहेको पाइएको हो ।
पक्राउ पर्ने अन्यमा वर्ष २८ का लक्ष्मण गुरुङ, वर्ष २९ का रोहित मगर, वर्ष २८ का विशाल मगर र वर्ष २७ का विनोद केसी रहेका प्रहरीले जनाएको छ ।
यस्तै उक्त घटनामा उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार ३७ वर्षका कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षका शिव सुनुवार पक्राउ परेका हुन् ।