बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार !

१८ साउन ०७९, काठमाडौं । मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारले निष्कर्ष निकालेको छ ।

अख्तियार स्रोतकाअनुसार उक्त कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय भएको छ ।

स्रोतले मुख्यमन्त्री कार्यालयका सचिव (सहसचिव) सहित केही सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने बताएका छन् ।

छोरी पढाउन अभिप्रेरित गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले यस कार्यक्रम घोषणा गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •