३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पुत्री निशाकुसुम भण्डारीको विवाह अाज पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवसँग हुँदैछ ।
स्कुल पढ्दादेखिकै साथी निशा र अभिशेषले सात वर्षको प्रेम सम्वन्धलाई बिहेमा परिणत गर्दैछन् भने राष्ट्रपति भण्डारीले आज शीतल निवासबाटै छोरी अन्माउँदै छिन् ।
बेहुला अभिशेषकी आमा किरण यादव महोत्तरी-२ बाट निर्वाचित नेपाली कांग्रेसकी सांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् ।
राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने अभिशेष इन्जिनियर हुन् ।
विहेभोजमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको छ भने निम्तालुहरुलाई मध्यान्ह १२ बजेर ५ मिनेटमा डाकिएको छ ।













