अमेरिका । मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले अमेरिका पुगेका वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई २३ डिसेम्बरमा सम्मान गरेको हो ।
कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्वारा अभिनित दश वटा नाटकको संक्षिप्त श्रब्य दृश्यका झलकहरु समेटिएका दश पाईला प्रदर्शन गरिएको थियो ।
गिती नाटक मालती मंगले, सकुन्तला, अमरसिह, देउकी, पहाड चिच्याई रहेछ, पृथ्वीनारायण शाहलगायत चर्चित नाटकहरुमा थापाले देउकीको बाबुदेखि पृथ्वी नारायण शाहसम्मको भूमिका सफलतापूर्वक अभिनय गरेको तत्कालिन समाजको चरित्र झल्कन्थ्यो ।
पाँच वर्षको उमेरदेखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठानदेखि अमेरिकाको न्यूयोर्क स्थित अफ द ब्रोड अवे थियटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् ।
समारोहमा उनले चर्चित नाटकहरु फर्केर हेर्दा र जोडियोस् भत्केका मनहरुको साना टुक्रा अभिनय गरेर देखाएका थिए ।













