२७ पुस ०७४, ललितपुर । राखेप च्याम्पियनसिप अन्तर्गतको १६औं राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफले जितेको छ ।
बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा सातदोवाटोस्थित एन्फा मैदानमा बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले नेपाल पुलिसलाई ३-१ गोल अन्तरले उपाधि उचालेको हो । एपीएफको जितमा स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरेकी थिईन् भने उपबिजेता पुलिसको रुपा मगरले सान्त्वना गोल गरेकी थिईन् ।
एपीएफले सुपरलिगका तीनै खेलमा जित हासिल गरेको थियो । सुदूरपश्चिम र त्रिभुवन आर्मीलाई पनि एपीएफले हराएको थियो । एपीएफले सुपरलिगमा ९ अंक बनाउँदा ६ अंक जोडेको त्रिभुवन आर्मी प्रतियोगिताको उपबिजेता बन्यो ।
उपाधि बिजेता एपीएफले २ लाख र उपबिजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार पायो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।













