३१ जेठ ०७५, काठमाडौं । बिमेस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौं आयोजना हुने भएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको मिति सदस्य राष्ट्रले अनुमोदन गरेको बताए ।
सन् १९९७ मा स्थापना भएको उपक्षेत्रीय संगठन (बिम्स्टेक)मा नेपाल, भारत, बंगलादेश, भूटान, म्यान्मार, थाइल्याण्ड र श्रीलंका सदस्य छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमेस्टेक)को सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् ।













