भारतीय पाइलट पिस गेस्चरका रुपमा रिहा गरिने पाकिस्तानी प्रधानमन्त्रीको भनाई

१६ फागुन ०७५, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदलाई सम्बोधन गर्दै पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा गर्ने बताएका छन् ।

प्रधानमन्त्री खानले संसदमा बोल्दै ‘पिस गेस्चर’का रुपमा शुक्रबार भारतीय पाइलटलाई रिहा गर्न लागिएको बताएका हुन् ।

आफ्नो भूगोलमा घुसेको भारतीय लडाकु बिमानलाई पाकिस्तानी वायूसेनाले खसालेपछि पाइलट अभिनन्दन पक्राउ परेका थिए ।

पुलवामा आक्रमणमा भारतले पाकिस्तानमाथि निराधार रुपमा आरोप लगाएको भन्दै पाकिस्तानी प्रधानमन्त्री खानले भने, ‘हामीलाई यसबाट के प्राप्त हुन्थ्यो ? हामीले भारतलाई अनुसन्धानमा सहयोग गर्ने कुरा ग¥यौं । हामी आफ्नो भूमिमा आतंकवादलाई अनुमति दिँदैनौं ।’

उनले भनेका छन्, ‘मलाई अफसोच छ कि भारतीय मिडियाले अत्यन्त केटाकेटी रबैया देखाए । उनीहरुलाई थाहा छैन युद्धको नोक्सानी । हाम्रो मिडियाले ७० हजार मानिसहरूको आतंकका कारण मृत्यू भएको देखेका छन् । त्यसैले उनीहरू जिम्मेवार छन् ।’

पाकिस्तान एक जिम्मेवार देश रहेको भन्दै प्रधानमन्त्री खानले प्रश्न गरेका छन, ‘म भारतलाई सोध्न चाहन्छु के यो लडाईबाट कश्मिर प्राप्त हुन्छ ? पछिल्लो २० वर्षमा कुनै पनि कश्मिरका नेता भारतीय नीति अन्तरगत रहन चाहँदैनन् । उनीहरु स्वतन्त्रता चाहन्छन् । आखिर किन काश्मिरी युवा आफूलई बम बनाउँछन् ? आखिर किन उनीहरुमा मृत्यूको डर समाप्त भएको छ ?’

भारतलाई हरेक समय पाकिस्तानमाथि औंला नउठाउन सुझाव दिँदै उनले भनेका छन्, ‘कसैलाई युद्धतर्फ धकेलियोस । भारतलाई भन्न चाहन्छु कि यसलाई यही रोकौं । अगाडि नलगौं । अन्यथा पाकिस्तानले बाध्यतावश जवाफ दिनुपर्ने हुन्छ ।’

तपाइको मत