सप्तरी महिला प्रिमियर लिग: सुरुंगा र खडक फाईनलमा

१५ असार ०७६, सप्तरी । सबल नेपालको आयोजनामा प.बि.मा.बि. राजबिराजको क्रिकेट मैदानमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार भएको अन्तिम खेलमा सुरुंगा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

आईतवार सम्पन्न खेलमा सुरुंगाका कप्तान रुविना क्षेत्रीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेका थिए ।

फोटोः देवराम यादव ।

सुरुंगाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्दतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्दतले ३५ रनको योगदान दिएका थिए । दुवैले दोश्रो बिकेटका लागि ६९ रन जोडेका थिए । रुविना र रोमा बाहेक अपसरी बेगमले १७ बलमा २ चौक्काले नटआउट रहि १८ तथा संगिता राईले १० रनको योगदान दिएका थिए । बलिंगतर्फ राजबिराजकातर्फबाट नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले सामान १ बिकेट लिएका थिए ।

१ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजबिराज सिस्का एन्जलस सुरुंगाको घातक बलिंग सामु निरीह हुदै २० ओभरमा ७ बिकेटको नोक्सानीमा ८४ रनमै समेटिएको थियो ।

राजबिराजलाई सस्तोमा समेटन सुरुंगाका अफसरी बेगमले आर्कषक बलिंग गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ बिकेट लिएका थिए भने सोमु बिष्ट र निशा साहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुरुंगा नगरपालिकाका अफसरी बेगम भएका थिए ।

सुरुंगा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्धारा गत १३ गते देखि सञ्चालित प्रतियोगिताको फाईनल खेल असार १६ गते सोमवार सुरुंगा र खडक बीच बिहान ७ बजेदेखि हुने जानकारी आयोजक समितिका रोशन मण्डलले जानकारी दिए ।

तपाइको मत