११ कार्तिक ०७६, काठमाडौं । पाकिस्तानले आफ्नो हवाईक्षेत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा प्रयोग गर्न नदिने भएको छ ।
आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले प्रधानमन्त्री मोदीको साउदी अरब भ्रमणका लागि पाकिस्तानी हवाईक्षेत्र प्रयोग गर्न नदिने जानकारी दिएका हुन् ।
कुरैसीकाअनुसार भारतले पाकिस्तानी हवाई मार्ग प्रयोगको अनुमति मागे पनि पाकिस्तानस्थित भारतीय दूतावासलाई हवाईक्षेत्र प्रयोग गर्न नदिने जानकारी दिइसकिएको छ ।
यसअघि २० सेप्टेम्बरमा पनि भारतले मोदीको जर्मनी भ्रमणको बेलामा पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति मागेको थियो । त्यो आग्रहलाई पनि पाकिस्तानले अस्वीकार गरेको थियो ।
पाकिस्तानले हवाई क्षेत्र प्रयोगको अनुमति नदिएपछि भारतीय प्रधानमन्त्री मोदी सोमबार एयर इन्डियाको बिमानबाट लामो बाटो हुँदै साउदी पुगेका छन् ।













