स्वास्थ्य मन्त्रालयले सच्यायो संक्रमित विवरण, कोरोना पुष्टि २४५ जना

१ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि प्रकाशित गरेको कोरोना संक्रमित संख्या पुन रिर्पोटिङ भएको भन्दै सच्याएको छ ।

मन्त्रालयले बिहीबार बिहान ७ः४५ बजे अपडेट गरेको विवरणमा कोभिड –१९ को संक्रमित संख्या २५० जना पुगेको जनाएको थियो ।

तर मन्त्रालयले ३ घण्टा नबित्दै प्राविधिक कारणले पहिले नै पुष्टि भएको ५ जनाको विवरण पुन रिर्पोटिङ भएको भन्दै सच्चाएको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाहीको संक्रमितहरुको यसअघि बैशाख ३० गतेकै विवरण राखेर संक्रमित २५० पुगेको उल्लेख गरेको थियो ।

यसअघि स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका आधारमा हाकाहाकीडटकमबाट प्रकाशित समाचार सच्याइएको छ ।