५ जेठ ०७७, काठमाडौं । स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टि भएकाहरूको संख्या ३७५ पुगेको छ ।
मन्त्रालयले सोमबार राती सवा १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरान, भेरी अस्पताल नेपालगंज, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको संख्या अठार (१८) पुगेको जनाएको छ ।
यस अघि संक्रमित संख्या ३५७ रहेकामा १८ जना नयाँ पुष्टि भएसँगै कूल संक्रमित संख्या ३७५ पुगेको हो ।
संक्रमितहरु धनुषा निवासी २ जना पुरुषहरू; खोटाङ, हलेसी निवासी १ जना पुरुष; बाँके, नरैनापुर निवासी १२ जना पुरुषहरू; दैलेख आठबिस१ निवासी १ जना पुरुष; सुनसरी निवासी १ जना पुरुष; झापा निवासी १ जना पुरुष रहेको विज्ञप्तिमा उल्लेख छ ।














