११ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले योसँगै कोरोना संक्रमित महिलाको संख्या १ हजार १ सय ४२ र पुरुषको संख्या १० हजार २० पुगेको बताए । नेपालमा अहिलेसम्म कोभिड–१९ संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
यस्तै यनले २ सय १६ महिला र २ हजार ४ सय ३४ पुरुष गरी कूल २ हजार ६ सय ५० जना संक्रमित डिस्चार्ज भएको पनि बताए ।













