कोरोना संक्रमित १९ हजार ७७१ पुग्यो, सक्रिय संक्रमित ५ हजार ३१६ जना

१६ साउन ०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार ७७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमित कूल संख्या १९ हजार ७ सय ७१ पुगेको बताएका हुन् ।

उनले सक्रिय संक्रमित संख्या ५ हजार ३१६ रहेको बताउँदै जसमध्ये प्रदेश १ मा २२२ जना, प्रदेश २ मा दुई हजार ३४ जना, बागमती प्रदेशमा ५७२ जना, गण्डकी प्रदेशमा ३२४ जना, प्रदेश ५ मा ३८५ जना, कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ४८३ जना रहेको जानकारी दिए ।

यस्तै हाल क्वारेन्टाइनमा १द्द हजार १११ जना मात्रै रहेको उनले बताए ।

यसैगरी संसारभर १ करोड ७४ लाख ७९ हजार ६ सय २३ संक्रमित रहेको भन्दै उनले ६ लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको बताए ।