२६ साउन ०७७, काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ३३८ जना नयाँ संक्रमित थपिएको र योसँगै नेपालमा कुल संक्रमित संख्या २३ हजार ३१० पुगेको बताएका हुन् ।
उनले हालसम्म १६ हजार ४९३ जना कोरोना मुक्त भएर घर फर्किसकेको बताए ।
मन्त्रालयले सोमबार साँझसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको र क्वारेन्टाइनमा १० हजार ६५९ जना रहेको जानकारी दिएको छ ।













