गएको चौबीस घण्टामा ३ जना महिलासहित ९ जना कोरोना संक्रमितको निधन

२० भदौ ०७७, काठमाडौं । गएको चौबीस घण्टामा ३ जना महिलासहित ९ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गएको चौबीस घण्टामा ९ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएका हुन् । नेपालमा योसँगै मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या २८० पुगेको छ ।

प्रवक्ता गौतमले कोरोनाबाट निधन हुने महिलाहरुमा मोरङको ४३ वर्षीया एक महिला, मकवानपुरको ५२ वर्षीया एक महिला र नवलपरासीको ३७ वर्षीया महिला रहेको बताए ।

यस्तै पर्साको ७५ वर्षीय पुरुष, महोत्तरीको ७८ वर्षीय पुरुष, काठमाडौंको ४१, ५९ र ६५ वर्षीय पुरुष साथै रुपन्देहीको ४० वर्षीय पुरुषको कोरोनाबाट निधन भएको उनले बताए ।