२९ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार १७० जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
यस्तै उनले हाल आइसोलेसनमा १५ हजार ३९३ जना र क्वारेन्टाइनमा ६ हजार ८९२ जना रहेको बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा ८७९ जना निको भएर घर फर्किएको साथै हालसम्म हुनेको कूल संख्या ३९ हजार ५७६ पुगेको जानकारी दिए ।
यस्तै उनले थप १५ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ३ सय ६० पुगेको छ ।













