थप ८ जना कोरोना संक्रमितको निधन, कूल संक्रमित ५८ हजार ३२७

३१ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार ५३९ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

यस्तै उनले हाल आइसोलेसनमा १६ हजार २४२ जना र क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेको बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा एक हजार ६८ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ४१ हजार ७०६ पुगेको जानकारी दिए ।

यस्तै उनले थप ८ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ३ सय ७९ पुगेको छ ।