१ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार २४६ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
यस्तै हाल आइसोलेसनमा १६ हजार २४१ जना र क्वारेन्टाइनमा ७ हजार ८८३ जना रहेको बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा एक हजार २४३ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ४२ हजार ९४९ पुगेको जानकारी दिए ।
यस्तै उनले थप ४ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ३८३ पुगेको छ ।













