गएको चौबीस घण्टामा दुई हजार ७२२ मा कोरोना पुष्टि, थप ११ जना संक्रमितको निधन

१६ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा दुई हजार ७२२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
यस्तै हाल आइसोलेसनमा २१ हजार २३४ जना र क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेको उनले बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा तीन हजार ३०७ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ६० हजार ६९६ जना पुगेको जानकारी दिए ।
यस्तै उनले थप ११ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ५२० पुगेको छ ।