१८ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा दुई हजार २५३ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
यस्तै हाल आइसोलेसनमा २२ हजार २१९ जना र क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेको उनले बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा एक हजार ३२९ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ६४ हजार ६९ जना पुगेको जानकारी दिए ।
यस्तै उनले थप ७ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ५३५ पुगेको छ ।













