१९ बैशाख ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन र चिकित्सा विद्यामा अध्ययनरत विद्यार्थीहरुलाई कलेजहरुले उपचार व्यवस्थापनमा लगाउन सक्ने निर्णय गरेको छ ।
आज मन्त्रालयले विज्ञप्ति नै जारी गरेर सरोकारवाला सबैमा अनुरोध गर्दै यस्तो निर्णय गरेको हो ।
‘अध्ययन बिदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भै सेवा दिन खटाउने, साथै विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउन सकिने’ विज्ञप्तिमा उल्लेख छ ।














