काठमाडौं । कतार सरकारले रमादान पर्वका अवसर पारेर १४ नेपाली बन्दीलाई आममाफी दिएको छ ।
कतारस्थित केन्द्रीय र अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जनालाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ ।
आममाफी पाउनेको विवरण भने दूतावासले सार्वजनिक गरेको छैन् । दोहास्थित नेपाली दूतावासले आममाफी पाएकाहरुलाई स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने जनाएको छ ।













