कोरोनाबाट थप १७७ जनाको मृत्यु, थपिए ८६०७ संक्रमित

७ जेठ ०७८, काठमाडौं । गएको चाैबीस घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६०७ जना काेराेना संक्रमित थपिएका छन् भने ७८९० जना संक्रमणमुक्त भएका छन् ।

कूल २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हाे ।