जुम्लाका सम्पूर्ण स्वाथ्यकर्मीहरुले उपकुलपति समक्ष बुझाए राजीनामा !

२२ भदौ ०७९, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वाथ्यकर्मीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका छन् ।

जुम्लामा कार्यरत सम्पूर्ण स्वाथ्यकर्मीहरुले शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् ।

‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ स्वाथ्यकर्मीहरुले उपकुलपतिलाई लेखेको राजीनामा पत्रमा लेखेका छन्, ‘कानूनी राज्यको आभाष नभएकाले विरोधको नयाँ स्वरुपअनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आजकै मितिबाट सामूहिक राजीनामा पेश गरेका छौं ।’

गत भदौ २ गते डा. करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेको र उक्त घटनालाई अतिरञ्जित बनाई पीडित डा. साहमाथि नै झुटा मुद्धा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि आन्दोलित बन्नु परेको उनीहरुको भनाई छ ।

शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा आफ्ना माग सम्बोधन नभएपछि सामूहिक राजीनामा दिनुपरेको डाक्टरहरुले बताएका छन् । उनीहरुले डा. साहमाथि जारी पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

सामूहिक राजीनामा पत्र :