
२९ असोज ०७९, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा आयोजक गण्डकी प्रदेशले पुरुषतर्फ स्वर्ण पदक जितेको छ ।
शनिबार औपचारिक उदघाटन भएको प्रतियोगितामा आयोजक टिमले पहिलो स्वर्ण पदक जितेको हो ।
गण्डकीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको हो ।
घरेलु समर्थकको साथ पाएको गण्डकीलाई पहिलो स्वर्ण दिलाएपछि कप्तान विशाल बस्नेत निकै खुशी देखिएका थिए ।
पदक प्राप्तगरेसँगै कप्तान बस्नेतले भने, ‘एकदमै खुशी लागिरहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जिताउँदा खुशी लागेको छ ।’

पोखरा रंगशालाको कभर्ड हलमा २४ असोजबाट सुरुभएको ह्याण्ड बलमा महिलातर्फ भने विभागीय नेपाली सेनाले एपीएफलाई १७–१६ ले हराएर स्वर्ण हात पारेको छ ।













