एथ्लेटिक्समा आर्मीले जित्यो ३ स्वर्ण

नेपाली सेनाका मुकेस पाल १५ सय मिटरमा स्वर्ण जितेपछि ।

२९ असोज ०७९, कास्की । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पहिलो दिन नेपाल आर्मीले ७ मध्ये ३ स्वर्ण जितेको छ।

आर्मीले सय मिटर महिला,  सुटपुट पुरुष र १५ सय मिटर पुरुष दौडमा स्वर्ण जितेको हो ।

यस्तै एपिएफले दुई स्वर्ण जित्यो भने नेपाल पुलिस र बागमती प्रदेशले एक-एक स्वर्ण हात पारे ।