१७ कार्तिक ०७९, काठमाडौं । भारत सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई ८० वटा सवारी साधन प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन् ।
सवारी साधन हस्तान्तरण समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले उक्त सहयोग प्रदान गरेको बताए ।
राजदूत श्रीवास्तवल नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको समेत बताए ।














