कलाकारमाथि साइबर आक्रमण बढ्दै

१४ चैत्र ०७९, काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कलाकारमाथि साइबर आक्रमण बढेको बताएका छन् ।

मंगलबार फिल्म साइबर सेक्युरिटी डेस्कबारे भएको कार्यक्रममा बोल्दै उनले कलाकारको गोपनीयता र साइबर सुरक्षामा आक्रमण भएको बताएका हुन् ।

अध्यक्ष केसीले भने, ‘हामीले नेपाली चलचित्रहरु अनलाइन लिंक भएका प्रशस्त उदाहरण देखेका छौँ । यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ । यसबाहेक हाम्रा कलाकारहरुको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौं ।’

उनले साइबर हमला समस्या समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सुरक्षासम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न लागेको पनि बताए ।