९ बैशाख ०८०, धनगढी । सुदूरपश्चिम सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दुरविन विधिबाट मिर्गौलाको शल्यक्रिया गरिएको छ ।
प्रादेशिक अस्पतालमा कैलालीको पवेरा बस्ने ४९ वर्षीया महिलाको काठमाडौँको बीर अस्पतालबाट आएका डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले बुधबार ल्याप्रोस्कोपिक विधिबाट मिर्गौलाको शल्यक्रिया गरेको हो ।
‘पत्थरीका कारण उहाँको वायाँ किड्नीले काम गर्न छाडेको अवस्था थियो । हामीले दुरविन पद्धतीबाट त्यो किड्नीलाई बाहिर निकालेका हौँ,’ डा. बस्नेतले भने, ‘यो सुदूरपश्चिम प्रदेशमै पहिलो पटक भएको शल्यक्रिया हो ।’













