ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई सामूहिक तिर्थघटन

सन्जिब दुलाल/भक्तपुर । चाँगुनारायण नगरपालिका १ नं. वडाले आफ्नो वडामा रहेका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई सामूहिक रूपमा तिर्थघटन गराएको छ ।

वडाभित्र रहेका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई वडाले शनिबार दक्षिणकालीको दर्शनसँगै पिकनिकको आयोजना गरेको हो ।

उक्त वडाका अध्यक्ष सिजन कार्कीले भने, “काम गर्न सक्ने वर्ग, आफ्नो रमाइलोका लागि पिकनिक वा अन्य क्षेत्रको भ्रमण अनि साथीभाइ भेट्न आफ्नो खुसीले जान सक्छन् तर ज्येष्ठ नागरिक एकल महिलाहरूको हकमा यो अलि कठिन नै हुने भएकाले वडाभरका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई तिर्थघटन तथा पिकनिकको आयोजना गरिएको हो ।”

उनले ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले कार्यक्रममा स्वास्थ्य स्वयंसेविका साथै भोलेन्टियरको पनि व्यवस्था गरिएको बताए ।

आफ्ना बालसखा भेटघाट गर्न पाएकोमा खुसी हुँदै उनीहरुले नाचगान गर्दै सुखदुःख साटासाट गरेका थिए ।