आर्मी र खुमलटार खेल बराबरी

५ जेठ ०८०, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी र एफसी खुमलटारले दुई-दुई गोल गरी बराबरी  १/१ अंक बाँडेका छन् ।

शुक्रबार दशरथ रंगशालमा भएको खेलमा आर्मीले दुई र खुमलटार दुई गोल गरी बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।

आर्मीका लागि जगजित श्रेष्ठले १५औं मिनेटमा १ गोल र नवयुग श्रेष्ठले खेलको ५१औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खुमलटारका दुई विदेशी खेलाडी मेसुके ओलोमोउले ३५औं मिनेटमा र स्टेफेन समिर विनोङले ७५औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरी खेलेका थिए ।