
९ जेठ ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च शिखर सगरमाथाको सफल आरोही हरि बुढामगरलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बुढामगरलाई बधाई दिएका हुन् ।

आरोही बुढालाई आजमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, सांसद इश्वरी घर्तीमगर साथै मगर समुदायले समेत स्वागत गर्दै तथा बधाई दिएका थिए ।













