काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ : उज्वेकिस्तानलाई हराउँदै तेस्रो स्थानमा नेपाल

१४ जेठ ०८०, काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पारेको छ ।

डिफेन्डिङ च्याम्पियन नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान हात पारेको हो ।

घरेलु टीम नेपालले उज्वेकिस्तानलाई २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको थियो ।

समूह ‘ए’बाट सेमिफाइनलमा भारतसँग पराजित नेपाल र समूह ‘ए’बाट काजिकस्तानसँग पराजित उज्वेकिस्तान बीच भएको खेलमा नेपाल विजय हुँदै तेस्रो स्थानमा सीमित भएको हो ।