२१ जेठ ०८०, काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै देशमा वैदेशिक रोजगारी खोल्ने गृहकार्य गरिरहेको छ ।
मन्त्रालयले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर जहाँ–जहाँ दौत्य सम्बन्ध कायम भएका छन्, तीब सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने बताएको हो ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले इराकमा समेत वैदेशिक रोजगारी खुला गर्ने तयारी भइरहेको बताउँदै द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देशमा रोजगारीको लागि जान पाउने बताए ।
नेपालले वैदेशिक रोजगारीका लागि १११ देश खुला गरेको छ भने अहिलेसम्म १७९ देशसँग दौत्य सम्बन्ध कायम गरेको छ ।
अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ ।













