२५ जेठ ०८०, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सालाई राजनीतिक विषय बनाउन नहुने बताएका छन् ।
विदेशमन्त्री जयशंकरले बिहीबार मोदी सरकारको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
नक्साको तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको भन्दै उनले भने, संसदको भित्ते चित्रलाई राजनीतिक विषय बनाइनु हुँदैन ।
यसैगरी काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ ।
मेयर साहले नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै राष्ट्रियसभा गृहस्थित आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका हुन् ।
बालेनका स्वकीय सचिव भूपदेश साहले मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको जानकारी दिए ।













