आयोगका पदाधिकारीले ६ अर्ब १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर

२७ जेठ ०८०, काठमाडौं । विशेष अदालतले तत्कालिन कर फर्छ्यौट आयोगका पदाधिकारीहरुले ६ अर्ब १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ ।

गत बिहीबार विशेष अदालतले कर फर्छ्यौट आयोगका तीन पदाधिकारीलाई दोषी ठहर गरेको थियो । उनीहरुलाई सजाय निर्धारण गर्न भने बाँकी छ ।

सरकारले वक्यौता कर विवाद समाधानका लागि २०७१ सालमा गठन गरेको आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य–सचिव चुडामणि शर्माले आयोगका पदाधिकारीले ६ अर्ब १५ करोड रुपैंयाँ भ्रष्टाचार गरेको ठह¥याएको थियो ।

व्यवसायीहरुलाई ९० प्रतिशतसम्म कर मिनाहा गरेर सरकारी संस्थानहरुसँग अत्यधिक कर असुलेको कर फर्छ्यौट आयोगका पदाधिकारीहरुले ३० अर्ब ५२ करोड रुपैयाँको कर विवाद राफसाफ गरेर ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा दाखिला गराएका थिए । उनीहरुमाथि २१ अर्ब रुपैयाँ मिनाहा गरिदिएको आरोप छ ।