राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना, स्वास्थ्य अवस्थास्थिर

२ असार ०८०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थास्थिर रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले विज्ञप्ति जारी गरेर मुटुमा समस्या देखिएपछि उपचाररत् राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहान उपचारका लागि भर्ना गरिएको जानकारी दिए ।