माओवादी केन्द्रसहित चार दलले गरे समाजवादी मोर्चा घोषणा

४ असार ०८०, काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)सहित चार दलले समाजवादी मोर्चा, नेपाल घोषणा गरेका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दल (नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी)ले समाजवादी मोर्चा, नेपाल घोषणा गरेका हुन् ।

नेतृत्व आलोपालो हुनेगरी घोषणा गरिएको मोर्चाको ७ बुँदे घोषणापत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल कम्युनिष्ट पार्टी)का महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेका छन् ।