४ साउन ०८०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिसकेपछि बरामद सुन प्रकरणमा एकजना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका एकजना भारतीय नागरिक साथै अन्य दुई जना भन्सार एजेन्ट र ट्याक्सी चालक रहेका छन् ।
विभागले बरामद सुनको परिमाण एकिन गर्न आज राष्ट्र बैंकमा जोख्न लैजाने तयारी गरेको छ ।













