२६ साउन ०८०, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि गरिरहेको अपरेशनमा ६ जना पक्राउ गरेको छ ।
सीआईबीले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ जना पुगेको बताएको हो ।
सिआइबीकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।
यस्तै प्रवक्ता एसपी नवराज अधिकारीले बिहीबार कांग्रेस सांसद समेत रहेका नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई पक्राउ परेको जानकारी दिए ।
अहिलेसम्म सीआईबीले कांग्रेस सांसद शर्मासहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव, डा. एरिना शाह र इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरिसकेको छ ।
ब्युरोका अनुसार निगरानीमा रहेका नक्कली प्रमाणपत्र बाहकहरुको खोजी कार्य जारी छ ।













