१९ असोज ०८०, काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको अवस्था र अबको अपेक्षा दुबै नहेरी विधेयक आएको भन्दै सच्याउनु पर्ने बताएका छन् ।
उनले बृहत छलफल गरेर विद्यालय शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्ने बताउँदै भने, ‘यो समितिमा जान्छ आज, समितिमा गएपछि हामीले हतार नगरि काम गर्नुपर्नेछ । दुई महिना लागोस् पाँच महिना लागोस्, वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउनु पर्नेछ ।’
विद्यालय शिक्षा विधेयकलाई संघीयतासँग जोड्नुपर्ने र विद्यार्थीलाई केन्द्रमा राख्नुपर्ने, शिक्षण पेशालाई आकर्षक पेशा, मर्यादित पेशा, सबैभन्दा हाईएस्ट पेड बनाउनुपर्ने बताए ।













